भदौ १४, २०७७
चौताराः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १ को वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। जनताको मागप्रति जनप्रतिनिधिले ध्यान नदिएको भन्दै स्थानीयले ताल्चा लगाएका हुन्।
विकासको नाममा जताततै सडक खनेर बगेर गएको भलले खेतीयोग् जमिन पुरेपछि स्थानीय आन्दोलित भएका हुन्। कात्तीकेमा १० परिवारको करिब ६० रोपनी खेतीयोग्य जमिनमा लदोले भरिएको छ।
समस्या समाधानका लागि पटक पटक जानकारी गराउदा चासो नदेखाएपछि वडा कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानीय रुद्रबहादुर खड्काले बताए।
नालीको भल खेतबारीमा गएर अन्न बाली नष्ट गर्दा भल रोक्ने प्रयास नगरेको, उपभोक्ता समितिको अध्यक्षलाई भल कटान गरेर खेतमा हाल्दा समेत कारवाहि नगरेको र खानेपानीको मुहानमा भल पसेर पानी खान नपाएको भन्दै स्थानीयले पटक पटक वडा कार्यालय, बलेफी गाउँपालिकाको कार्यालय तथा जिल्ला प्रशासनमा पुगेका थिए।
पालिकाबाट प्राविधिक, उपाध्यक्ष आएर हेर्दापनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ।
प्रतिक्रिया दिनुहोस