२०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025

कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ १३, २०७७
    चौताराः नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय नाघेको हो।

    पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए । यो सँगै मृतकको कुल संख्या २०७ पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस