भदौ १२, २०७७
बेइजिङः अमेरिकालाई लक्षित गर्दै चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । ‘साउथ चाइना सी’स्थित अमेरिकासँग समुद्री मार्गलाई लिएर विवादित जारी रहँदा चीनले त्यसतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
‘द साउथ चाइना मर्निङ पोस्ट’का अनुसार बिहीबार बिहान चीनले मध्यवर्ती ब्यालिस्टिक मिसाइल ‘डी एफ–२६ बी’ किंघाइ प्रान्तबाट र अर्को मध्यम दूरीको ब्यालिस्टिक मिसाइल ‘डी एफ–२१ डी’ झेजियाङ प्रान्तबाट प्रक्षेपण गरेको हो ।
चीनले ‘नो फ्लाइ जोन’ मा अमेरिकी हवाइ गतिविधिको प्रतिवाद गर्दै यसरी हमला गरेको बताइएको छ । ती दुबै मिसाइल हेनान प्रान्त र विवादित पारसल टापुको बीचको क्षेत्रमा प्रक्षेपण गरिएको हङकङका मिडियाले जनाएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस