२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई पालिकाले जिम्मा लिने

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • भदौ १०, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदि पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई अभिभावकले जिम्मा लिने भएको छ। पहिरोमा परेर अभिभावक गुमाएको १४ जना बालबालिकाहरुलाइ गाउँ पालिकाले नै जिम्मा लिने निर्माण गरेको पालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन्।

    साथं, पहिरोबाठ विस्थापित भएका जुगल गाउँपालिका ३ बोल्दे गाउँको बिस्तापित परिवारलाई सहयोग समेत वितरण गरेको उनले बताइन। पहिरोको जोखिमबाट विस्थापित भएका २ सय ३५ परिवारलाइ आरआरएन नेपालको सहयोगमा २ सय ३५ थान त्रिपाल, १४ थान सामुहिक टेण्ट वितरण गरिएको छ।

    लिदीमा गएको पहिरोबाट विस्थापित भएकाहरु बाँखखर्कका सामुदायिक वनको जग्गामा लागेर राखिएको छ। बुधबार सभामुख अग्निप्रसाद सापकोटासहितको टोली बासखर्क पुगेर स्थायी व्यवस्थापनको तयारी भइरहेको बताएर फर्किएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस