भदौ ११, २०७७
चौतारा: पूर्वमन्त्री शेरबहादुर तामाङ्ले गाजाँ खेतीमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन्। उनले सामाजिक संजालमार्फत एक सन्देश जारी गर्दै गाँजा खेती मार्फत देशको आर्थिक विकास गर्न सक्ने बताएका छन्।
आर्थिक रुपमा पछाडि परेका मानिसको जिवनस्तर उकास्नका लागि गाँजा खेती गर्नुपर्ने उनले बताएका छन्। प्रतिनिधिसभामा दर्ता गरिएको उक्त विधेयकका लागीआवश्यक कारवाहि प्रक्रिया अघि बढाउन सांसद तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ केही महिना अगाडि नै दर्ता समेत गरेका थिए।
दर्ता गरिएको विधेयकमा गाँजा खेती गर्नका लागि १८ वर्षउमेर पुगेको र सोबिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ। साथै यो लागू औषधका रुपमानभई औषधि उत्पादन गर्ने प्रयोजनका लागि उत्पादन गरिने र अन्तर्राष्ट्रिय बजारमाअत्यधिक माग हुने हुनाले बजारको समस्या नरहेको उहांको धारणा रहेको छ।
संघीय संसदमा दर्ता भएको ‘गाँजा खेतीलाई नियमन तथा ब्यबस्थापन गर्न बनेको विधेयक’संसद्को बैठक सुचारु हुनासाथ छलफल गर्न आवश्यक पहलकदमी भइरहेको सतेत उनले जनाए।
प्रतिक्रिया दिनुहोस