२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

सिन्धुपाल्चोकमा विकासको स्राेत धेरै छन् तर, नेतृत्व कुहिरो भित्रको कागजस्ता!

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • रामबहादुर सुनार

    भदौ १०, २०७७

    करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन हुदा केही नयाँ तरंग पैदा गर्यो । जतिवेला स्थानिय तहको निर्वाचन भईरहेको थियो । त्यतीवेला हामी राजनीतिक नेता कार्यकर्ताको एउटै आवाज थियो । विकासले गतिलिन नसक्नु जनप्रतिनिधि विहिन हुनु हो । अब स्थानीय तहको निर्वाचन पश्चात विकासले गतिलिन्छ । त्यसैले गाउँगाउमा सिंहदरबारका नारा हामीहरुलेनै उरालेका हौं । हामीमा आशापनी थियो साँच्चै अब विकासले गति लिन्छ । लामो समय पछी निर्वाचन हुनु र त्यो पनी नयाँ संरचनाअनुसार त्यसले आम नागरिकमा नयाँ विकासको भोग जगाउने काम भएको थियो । अहिले स्थानीय तहको निर्वाचन भएको तेस्रो वर्षको रनिङ्गमा छौं । अब त्यसको समिक्षा गर्न आवश्यक छ ।

    सिन्धुपाल्चोक विकास निर्माणको हिसाबले महान सम्भावना बोकेको जिल्ला हो । यहाँ सम्भावनाका चंगाहरु छन् । तर त्यो अनुरुप विकासले गति लिन सकेको छ ? हिजो कुनै एक कर्मचारीले गरेको विकासको नेतृत्व र अहिले जननिर्वाचीत जनप्रतिनिधिले गरेको विकासको नेतृत्वमा फरक छुटाउन सक्नेगरि कसैले काम गरेका छन् ? प्रश्नहरु थुप्रै उब्जीएको छ । तर त्यस प्रश्नको जवाफ दिनसक्ने सामर्थ नेतृत्वकर्ता स्वयम् सँग पनी छैन् । रहाेस् पनि कसरी? अल्टर सल्टर जवाफ दिने प्रयास त गर्लान तर जनताको चित्त बुझाउन सक्ने नेतृत्व केही मात्र छन् ।

    सिन्धुपाल्चोककमा विकास गर्न चाहाने हो भने स्रोतको अभाव छैन । एउटा स्थानीयतहमा २१ करोड देखि ४५ करोट सम्म बजेट आएको छ । यसरी हेर्दा करिव ३ अर्ब भन्दा बढी बजेट जिल्लामा भित्रिएको देखिन्छ । सहि योजना र निति बन्नसक्ने हो भने यही बजेटनै काफी छ तर जिल्लाभरका विकासलाई निहाल्ने हो भने यो ३ अर्ब बजेटबाट ३ वटा पनी वा योचाही गज्जबैको काम सम्पन्न गरेछन भन्ने काम देख्न पाईएको छैन् ।

    संसद विकासको नाममा ८ करोट बजेट आउछ अहिले २ वटा निर्वाचन क्षेत्रमा १६ करोट भित्रिन्छ, प्रदेश सांसदहरुको पूर्वधार विकास कोषबाट पनि २ करोटको दरले ४ वटा निर्वाचन क्षेत्रमा ८ करोट बजेट आउछ। तर यो पनी विगत देखि हेर्ने हो भने संसद विकास कोषकै नामबाट यो चाही नमूना काम भए छ है भनेर जनताले भन्नपाएका छैनान् । त्यबाहेक केन्द्र सरकारबाट आएका अनुदान, प्रदेश सरकारबाट आएका अनुदान पनी छन् । भने दर्जनौ संघ संस्थाले वर्षमा अर्बै बजेट सकाउछन् । यि स्रोतहरुको व्यवस्थित कार्यन्वायन भएको पाईदैन। अर्कोतर्फ जिल्लाको आन्तरिक स्रोत पनी त्यती कमजोर छैन। त्यसबाट प्राप्तहुने रकमपनी ठूलै छ ।

    यत्रा स्रोत र साधनको धनी जिल्लामा किन जनताहरु गुनासै गुनासाको भारी बोकेर बसिरहेका छन् ? किन जवाफ छैन नेतृत्वसंग ? संमृद्ध गफले हुदैन काम ले हुन्छ । काम नेतृत्वको ईच्छा सक्तिमा भरपर्नेकुरा हो । जब सम्म नेतृत्व लोभ को मोहमा रहन्छन त्यहाँ विकासले गती लिदैन। त्यस नेतृत्वको पक्षमा हिजो ज्यानकाे बाजि राखेर भिडगर्ने कार्यकर्ताको शिरपनी उच्चोरहदैन् । आज नेतृत्वहरु कुहिरो भित्रको कागजस्ता भएका छन् । योजना विहिन, दिशाविहिन नेतृत्वबाट सम्बन्धित ठाउको विकास हुन सक्दैन् ।

    सिन्धुपाल्चोकमा ठूलो स्रोत र साधन छ । यसलाई ठीक ढंगले परिचाल नगर्ने वातावरण बनाउनसके जिल्लाको उन्नती प्रगती सम्भव छ । जिल्लाभित्र बाटो, विजुली, शिक्षा, सञ्चार, स्वास्थ्य, भौतिक निर्माणको स्थिती र योजना, सिंचाई, खानेपानी, उद्योग कलकारखानाको संम्भावना, कृषि, जलस्रोत, पर्यटन ब्यापार रोजगारको अबस्था, क्षेमता अभिबृद्धि लगायत विभिन्न विषयमा अध्ययनगरि व्यवस्थित योजना बनाई कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि सरकारी तथा गैरसरकारी संघसंस्था लाग्न आवश्यक छ ।

    साथै जिल्लाका राजनीतिक, प्रशाशनिक, विकासे अड्डामा कार्यरतहरुले तिनै विकासे योजनाको छापले प्रभावित भएर जिल्लाको विकासमा लाग्न आवश्यक छ । यसो गर्न सके मात्रै पनि जिल्लाको ठोस विकासको परिकल्पना साकार पार्न सकिन्छ ।
    यसका लागि विशेषत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको ध्यान जान जरुरी छ । उपयुक्त योजना बनाउने, लगानीको दिगो उपयोगको खोजीफगर्ने, पारदर्शीता र जबाफदेहीता खोज्ने प्रणालीको विकास गर्ने, राम्रा कामलाई प्रोत्साहन गर्ने, नराम्रा कामलाई दण्डित गर्ने काममा ध्यान जानजरुरी छ । यदी यसोमात्र हुनसक्यो भनेपनी केहीवर्षमा फड्को मार्ने किसिमको प्रगति देख्न सकिन्छ ।

    स्थानीय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिसंग धेरै अपेक्षाहरु छन् । कोही कसैको चाहाना छैन कि घरको चुलोमा के पाकिरहेको छ ? वा चुलो बलिरहेको छ कि छैन त्यसमा जनप्रतिनिधिले केही गरुन बरु उनिहरुको चाहाना त सबैले स्वच्छ खानेपानी खाना पाउन् । सिंचाई योग्य जमिनमा सिंचाई होस्, सबै टोलबस्ती घरमा विजुली पुगोस्, विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालय जाने अवसर पाउन, सबैघरका मानीस गच्छेअनुसार रोजगार पाउन्, यसो हुनसक्यो भने गाउँघरमा मुद्धामामिला कम हुनेछ । जाड रक्सि सेवन गर्नेको संख्या घटनेछ ।

    बुढाबुढी, अपांग, असहाय, एकल महिलाले सम्मान पूर्वक जीवनयापन गर्न पाउने छन् । त्यसकारण हरेक टोलवस्थिमा कती बजेट आएको छ ? त्यसको उपयोग कसरी भएको छ ? हेर्ने शक्तिको विकास गर्न जरुरी छ । यसो हुनसक्यो भने हाम्रो नगरपालिका, गाउँपालि र वडा टोलमा आएको बजेटको सहि प्रयोग हुनेछ । जसले गर्दा विकास निर्माणले पनी गति लिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस