भदौ १०, २०७७
चाैतारा: सभामुख अग्निप्रसाद सापकोटाले संकटकाे बेलामा नेतृत्वको परिक्षण हुने बताएका छन्। सिन्धुपाल्चोक जुगल गाउपालिका २ लिदी पहिराे विस्थापितलाई भेटेर सभामुख सापकोटाले यस्ताे बताएका हुन्।
लिदीमा पहिराेबाट विस्थापित भएका १७२ घरधुरी स्थानान्तरण गरिएकाे सेलाङकाे बासखर्क पुगेर सभामुखले संकटकाे बेलामा अाफ्नाे नेतृत्वको परिक्षण हुने बताए।
जनतालाई संकट परकाकाे बेलामानै नेतृत्वकाे परिक्षण हुन्छ। तर, कहिलै पनि दुख र संकटकाे बेलामा साथ नछाड्ने प्रतिबद्धता गर्दछु उनले भने, दुःखमा साथ दिन अाएकाे हाैं याे सुरुवात मात्र हाे।
सरकार जनताकाे पक्षमा रहेकाे हुनाले सधैं जनताकाे साथमा छ। तपाईंको लागि जग्गा प्राप्तिको लागि पहल गर्न प्रधानमन्त्रीसंग भेटेर छलफल गर्छु उनले भने, संकटकाे बेलामा बालबालिका र वृद्धवृद्धा जाेखिममा रहने भएकाले तीनकाे व्यवस्थापन पहिले गर्नुपर्छ।
सभामुख सापकोटासँगै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क पुगेका थिए। बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण समेत हस्तान्तरण गरेका छन्।
प्रतिक्रिया दिनुहोस