२०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025

सभामुख सापकोटाले गरे बाढी पहिराे पीडितलाई सहयाेग सामाग्री हस्तान्तरण

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ १०, २०७७
    चाैतारा: सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक बाढी पहिराे पीडितलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन्।

    जुगल गाउँपालिकाको लिदी, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेका हन्।

    पीडितलाई सहयोग सामाग्री हस्तान्तरण गरेपछि सभामुख टाेली बासखर्क लागेकाे सभामुखकाे प्रेस विज्ञ श्रीधर न्याैपानेले जानकारी दिए।

    के के छन् सामाग्री?

    १. त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री : ३०० सेट ।
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट
    २. अस्थाई बसोबास निर्माणमा प्रयोगहुने औजार ३०० सेट ।
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट
    ३. भान्सा, खानपिन तथा सामान राखनधरन गर्र्न २४ किसिमका भाँडाबर्तन सहितको १५० सेट ।
    जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ४. ब्लाङ्केट ३०० थान ।
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट
    ५. उनको ब्लाङ्केट,ज्याकेट र सल सहित न्यानो कपडा सेट ३०० थान ।
    जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट
    ६. स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री सहितको १५० सेट ।
    जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ७. बेबी स्मल प्याक : जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ८. बेबी बीग प्याक : जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    ९. ३७ किसिमका सरसफाई सामग्रीको सेट १५० थान
    जुगलका लागि ७५ सेट, बाह्रविसेका लागि ५० सेट, भोटेकोशीका लागि २५ सेट
    १०. बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत एउटा प्यानलबाट चार घरमा बत्ती बाल्न मिल्ने किसिमका १०० थान सोलार प्यानल ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस