भदौ ९, २०७७
चौताराः जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले एम्बुलेन्स चालकलाई सम्झाैता बमाेजिम भुक्तानी नदिंदा काेराेना संक्रमित बिरामीलाई आइसाेलेसन पुर्याउन समस्या भएकाे छ।
मेलचाैर क्वारेन्टाइनमा रहेकाे एक महिलालाई मंगलबार बिहान संक्रमण पुष्टि भएकाे थियाे । संक्रमण पुष्टी भएकाे ९ घण्टा बितिसक्दा समेत संक्रमित महिलाले आइसाेलेसन पुर्याउन सकेकाे थिएन । संक्रमित महिलालाई चाैतारा आइसाेलेसन ल्याउन एम्बुलेन्स नभएपछि संक्रमित आइसाेलेसनसम्म पुग्न साँझसम्म कुर्नुपर्याे।
चाैतारा सांगाचाेकगढी नगरपालिकाले सञ्चालन गर्दै आएकाे एम्बुलेन्स स्वाब लिएर काठमाडौं गएपछि नगरपालिकाले समन्वयकाे एम्बुलेन्सलाई अनुराेध गरेकाे थियाे । समन्वय समितिकाे एम्बुलेन्सले हालसम्म तलब भत्ता नपाएकाेले संक्रमित बाेक्न नमानेकाे नगर स्वास्थ्य संयाेजक शिव पुरीले जानकारी दिए । नगरपालिकाकाे एम्बुलेन्स फर्केपछि संक्रमितलाई आइसाेलेसनमा लगिएकाे संयाेजक पुरीले बताए ।
इर्खु स्वास्थ्य चाैकिकाे एम्बुलेन्स गत जेठ महिनादेखि समन्वय समितिले मासिक २३ हजार तलब र जिल्ला भित्र प्रती टिप ५ सय, जिल्ला बाहिर प्रती टिप १ हजार भत्ता दिने सम्झाैता भएतापनि हाल सम्म एक रुपैयाँ पनि नपाएकाे एम्बुलेन्स चालक समीरले ठकुरी बताए ।
काम गरेकाे चार महिना बितिसक्दा समेत तलब भत्ता नपाएपछि कसरी काम गर्ने चालक ठकुरीले दुखेसाे पाेखे । चालकले सम्झाैता बमाेजिम सेवा सुविधा किन पाएनन् भनी बुझ्न खाेज्दा समन्वय प्रमुख कृष्णगाेपाल तामाङकाे फाेन रिसिभ भएन।
नयाँ खाता सञ्चालन नभएकाले तलब दिन नसकेकाे समन्वय अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले बताए । चालक ठकुरी ३ महिनाकाे दलब भत्ता नपाएकाे दाबी गर्छन् । तर समन्वय अधिकारी ढकालले भने २ महिनाकाे तलब भत्ता दिन बाँकी रहेकाे बताउँछन् ।
ढकालले हाल खाता सञ्चालन (निकासा ) भइनसकेकाले तलब दिन नसकिएकाे दाबी गरेपनि चालकले असार भन्दा पहिलेकाे तलब भत्ता नपाउनुमा केही संका गर्ने ठाउँ रहेकाे स्राेतकाे जिकिर छ।
प्रतिक्रिया दिनुहोस