२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

८ सय ५५ कोरोना संक्रमित थपिए, ७ को मृत्यु

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ ९, २०७७
    चौताराः देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन्।मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्।

    काठमाडौं जिल्लामा मात्र १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा २ सय ३२ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

    उनका अनुसार यो सँगै नेपालमा संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। त्यस्तै मंगलबारसम्म १४ हजार २ सय ५० जना आइसोलेसनमा छन् आज देशभरबाट ३ सय १३ डिस्चार्ज भएका छन्। त्यस्तै ११ हजार ३ सय २७ जनाको मंगलबार पिसिआर गरिएको छ। हाल देशभर १० हजार ४ सय ५३ क्वारेन्टाइनमा रहेका छन्।

    थप सातको मृत्यु

    नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन्।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस