२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

लिदी पहिरो पीडितको कोरोना परिक्षण हुने

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ ९, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो पीडितको कोरोना परिक्षण हुने भएको छ। लिदीबाट बाँसखर्क स्थानान्तरणको क्रममा केही व्यक्तिको कोरोना परिक्षण गर्न लागेको हो।

    अस्थायी बसोवासका लागि बाँसखर्क स्थानान्तरण भएका १७२ परिवारको केही व्यक्तिको कोरोना परिक्षण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।

    लिदीमा गएको पहिरामा परि ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता भएका छन्। बेपत्ताको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस