२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाहिरबाट आएका अनिवार्य ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ ९, २०७७

    चौताराः इन्द्रावती गाउँपालिकाले बाहिरि मुलुक वा सक्रमित स्थानबाट आएकाहरुलाइ अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेको छ।
    इन्द्रावति गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको सातौं बैठकले यस्तो निर्णय गरेको हो।

    गाउँपालिकामा अति आवश्यक परेमा मात्र अन्य सक्राण फैलिएको स्थानमा जान निर्देशन समेत दिइएको छ। जिल्ला प्रशासन कार्यालयद्धारा निर्देशन भए अनुसारको जारी लकडाउनलाइ कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।

    अत्यावश्यक सामाग्री विक्रि वितरणका लागि बिहान ५ बजे देखि बिहान १० बजे सम्म मात्र पसल खोल्न दिइने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए। कोरोना संक्रमण देखिएको वडामा मात्र सटडाउन तथा निषेधाज्ञा लागु गर्ने निर्णय समेत गरेको छ।

    कोरोना भाइरस कोभिड १९ फैलिन नदिनका लागि जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संधसास्थाका प्रतिनिध, शिक्षक लगाएत अन्य स्थानिय क्लवहरुलाइ सचेतनाका लागि परिचालन गर्ने निर्णय गरेको सचेतनाका लागि परिचालन गर्ने निर्णय गरेको छ ।

    साथै यस अघिका निर्णयहरुलाइ कार्यान्वयन गर्दै अझै ब्यबस्थित कार्यान्वयनको लागि सबैलाइ गाउँपालिकाले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस