भदौ ९, २०७७
मेलम्चीः पाँचपोखरी थाङपाल गाउँपालिकाले भदौ मसान्तभित्र उपभोक्त समिति गठन गरिसक्नुपर्ने निर्णय गरेको छ। सोमबार बसेको पालिकाको ८७ औं कार्यपालिकाको बैठक यस्तो निर्णय गरेको हो।
आर्थिक बर्ष २०७७र७८ योजना कार्यान्वयनको गर्नका लागि मसान्तभित्र उपभोक्त समिति गठन गरिसक्नुपर्ने निर्णय गरको पालिका अध्यक्ष टासी लामाले जानकारी दिए। असोजको पहिलो हप्ताभित्र उपभोक्ता समितिलाई अनुशिक्षण तालिम दिईने निर्णय गरेको उनले बताए।
सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका निम्ति जनताको सहज सुविधा हुनेगरी बैंकिङ प्रणालीबाट वितरण गरिने निर्णय समेत गरेको छ। पर्यटन पुर्वधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सबै वडाबाट १।१ ओटा योजना सिफारिश गर्ने निर्णय समेत गरेको छ।
वडा १ मा चिन्डे जतन ज्यावाथान धार्मिक पर्यटन पथ मार्ग निर्माण गर्ने, वडा न २ मा भूकम्प स्मृति पार्क निर्माण गर्र्न, वडा न ३ भोताङ वन पार्क निर्माण गर्ने, वडा नं ४ मा पेमा छल उद्यान केन्द्र निर्माण गर्ने निर्णय गरेको छ।
यस्तै वडा न ५ मा थाङपाल सांस्कृतिक संग्रहालयको निर्माण गर्ने, वडा न ६ मा गाउँपालिका केन्द्र लेखर्क थांमडाँडा पथमार्ग निर्माण गर्ने, वडा न ७ मा ठूलो ढुङ्गा संरक्षण तथा सम्बद्धन गर्ने र वडा न ८ मा बेत्रावती मन्दिर संरक्षण सम्वर्द्धन गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस