भदौ ९, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का थप एकमा कोरोना पुष्टि भएको छ। सिडिइसिएफ कार्यरत चौतारा साँगाचोक नगरपालिका १ की महिलामा कोरोना पुष्टि भएको हो।
उनीमा मंगलबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सोमबार पनि सोहि कार्यालयका तीन जनामा कोरोना पुष्टि भएको थियो।
यस्तै, भदौ १ गते सोही कार्यालयका ४ जनाको कोरोना पुष्टि भएको थियो। भदौ १ मा कोरोना पुष्टि भएकाहरु चितवनमा भएको एक तालिममा सहभागी भएर साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए।
कोरोनाको जोखिम बढेसँगै सिन्धुपाल्चोकमा भदौ १ गतबाट लकडाउन गरिएको छ।
प्रतिक्रिया दिनुहोस