२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सिडिइसिएफका थप तीन जनाको कोरोना पुष्टि

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ ८, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का थप तीन जनाको कोरोना पुष्टि भएको छ। सोमबार उनीहरुको कोरोना पुष्टि भएको हो।

    भदौ १ गते सोही कार्यालयका ४ जनाको कोरोना पुष्टि भएको थियो। उनीहरुको सम्पर्कमा आएका थप तीन जनाको कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    भदौ १ मा कोरोना पुष्टि भएकाहरु चितवनमा भएको एक तालिममा सहभागी भएर साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए।

    कोरोनाको जोखिम बढेसँगै सिन्धुपाल्चोकमा भदौ १ गतबाट लकडाउन गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस