२०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025

सिन्धुपाल्चोकमा पुनः थपियो एक साता लकडाउन

  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • भदौ ७, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले पुनः एक साताका लागि लकडाउन थप गरेको हो। भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको हो।

    आइतबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा लकडाउन थप्ने निर्णय गरेको हो। कोरोना संक्रमण जोखिम अझै कायमै रहेकाले जिल्लामा लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

    यस अवधिभित्र कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

    होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेछ।

    हालसम्म जिल्लामा ८६ जनामा संक्रमण देखिएकामा ७४ जना निकोभई घर फर्केका छन, ३ जनाको मृत्यु भइसकेको छ। अहिले ९ जना उपचारत छन्। कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोक जिल्लामै भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस