भदौ ६, २०७७
चौताराः जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो विस्थापितहरुलाई स्थानान्तण सुरु भएको हो। पहिरोका कारण विस्थापित भएका परिवारहरुको स्थानान्तरण सुरु गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समितिको नेतुत्वकमा जनप्रतिनिधि सहितको टोली स्थलगत भ्रमण गरि स्थानीयसँग छलफल गरेर बस्ती स्थानान्तरणको काम सुरु भएको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। पालिकाकै वडा १ सेलाङको बाँसखर्कमा सार्ने तयारी भएको उनले बताए।
पहिरोबाट बिस्थापित १ सय ७२ घरधुरीका लागि तत्काल रुपमा टेन्टमा राख्ने तयारीका साथ अघि बढिरहेको उनको भनाई छ। लिदी बासिहरुको लागि २०७२ सालको भूकम्पमा पनि सोही स्थानमा राखिएको थियो।
बस्ती स्थानान्तरका लागि विपद समितीले व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध, पालिकाले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने, जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने, रेडक्रसले शौचालय व्यवस्थापन र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी टेन्ट जडान तथा सुरक्षाको प्रवन्ध मिलाउने तयारी गरिएको छ।
लिदीमा गएको पहिरोले ३७ घरमा क्षति पुर्याएको थियो भने ३२ जनाको मृत्यु भएको १ सय ७२ घरधुरी जोखिममा परेका छन्।
प्रतिक्रिया दिनुहोस