काेभिड-१९ काे संक्रमण बढ्दै गएपछि भक्तपुरमा ५ सय बेडको आइसोलेसन संचालनमा ल्याउने तयारी सुरु भएकाेछ । हाल भक्तपुर अस्पतालमा सञ्चालन भैरहेकाे अाइसाेलेसनलाइ स्तराेन्नति गर्न लागीएकाे हाे ।
शनिबार बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज सहितकाे टाेलिले अस्पतालको अनुगमन गरेपछि । चागुँनारायण नगरपालिका वडा नं ७ को खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा आइसोलेसन संचालनको तयारी अघि बढाइने भएको हो । अनुगमनको क्रममा मन्त्री दुलालले ३ सय बेडको आइसोलेसनका लागि समन्वयको काम अघि बढाइने बताए ।
अहिले प्राधिकरणको तालिम केन्द्रमा २ सय बेडको कोरोना संक्रमित राख्न सकिने आइसोलेसन संचालनमा छ । भक्तपुर अस्पतालमा अहिले आइसीयू ६ र भेन्टिलेटरसहितको आइसीयू ६ बेड संचालनको तयारीमा रहेको छ । अहिले २० बेड भक्तपुर अस्पतालको कोभिड ब्लकमा र २ सय बेड खरिपाटीस्थित आइसोलेसन संचालनमा छ । खरिपाटीमा अब ३ सय बेडको आइसोलेसन बेड संचालनका लागि प्रदेश सरकारले काम अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस