२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

थप ७०७ जनामा कोरोना पुष्टि, २६४ डिस्चार्ज

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • भदौ ४, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

    हालमसम्म संक्रमितमध्ये १७ हजार ९६४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये १ सय २६ जनाको मृत्यु भइसकेको छ।

    पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको उनले बताए।

    कहाँ कति थपिए संक्रमित?

    ११ हजार ८ सय ३२ नमुना परीक्षण गरिएको क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।

    यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

    तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस