२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सिन्धुपाल्चोकमा ८३ संक्रमित, ८ करोडभन्दा धेरै खर्च!

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ २, २०७७
    चौतारा: सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा न्युनिकरणका लागि १२ वटै स्थानीय तहले आआफ्नो योजना अघि सारेका छन्। सबै स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टाइन र आइसोलेसन बनाएका छन्।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको प्रशासकीय अधिकृत सुनिता पहरीका अनुसार सिन्धुपाल्चोक जिल्लामा ८ सय २४ क्वारेन्टाइन बेड र ४० आइसोलेसन बेड रहको बताइन्। हालसम्म जिल्लामा ८ सय २४ क्वारेन्टाइन बेड रहेका छन््। भने, ४० आइसोलेसन बेड रहेका छन् उनले भनिन्, क्वारेन्टाइनमा ९७ र आइसोलेसनमा ८ जना बसिरहेका छन्।

    सिन्धुपाल्चोक जिल्लामा हालसम्म ८३ जना कोरोना संक्रमित पुष्टि भएको छ। तर, सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहहरुले ८ करोडभन्दा धेरै खर्च गरेको तथ्यांक सार्वजनीक भइसकेका छन्। सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मेलम्ची नगरपालिकाले खर्च गरेको छ। भने सबैभन्दा कम हेलम्बु गाउँपालिकाले खर्च गरेको छ।

    चौतारा साँगाचोकगढी नगरपालिकाले ९३ लाख, मेलम्ची नगरपालिकाले एक करोड ६० लाख र बाह्रबिसे नगरपालिकाले ७० लाख खर्च गरेको तथ्यांक सार्वजनीक भएको छ।

    यस्तै, पाँचपोखरी थाङपालधाप गाउँपालिकाले एक करोड, इन्द्रावती गाउँपालिकाले ६७ लाख, जुगल गाउँपालिकाले ६६ लाख, हेलम्बु गाउँपालिकाले २२ लाख ६७ हजार, बलेफीले ३५ लाख, सुनकोसीले ६० लाख, लिसंखुपाखरले ३७ लाख, त्रिपुरासुन्दरीले ३० लाख र भोटेकोसी गाउँपालिकाले ८० लाख खर्च गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस