भदौ २, २०७७
चौताराः मेलम्ची नगरपालिका ६ मा एक युवकले आत्महत्या गरेका छन् । सोमबार बिहान आफ्नै घरमा उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्नै जीन्दगी देखि दिक्दार लागेको कारण आत्महत्या गरेको भन्दै डायरी लेखेर २१ बर्षिय युवकले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
त्यस्तै, सोमबार नै हेलम्बु गाउँपालिका ३ का एक जनाले आत्महत्या गरेका छन् । हेलम्बु ३ का सुर्य घलेले करिब ९ बजेको समयमा मेलम्ची नगरपालिका ६ तालामाराङ नजिकै बाट मेलम्ची खोलामा हाम फालेर आत्महत्या गरेको छन्। उनीमा मानसिक समस्या रहेको परिवारले जनायो।
प्रतिक्रिया दिनुहोस