भदौ २, २०७७
चौताराः सिन्धुपाल्चोकमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा बित्यो। तर, अझै चारमध्ये दुई जनाले आइसोलेसन बेड पाउन सकेका छैनन्।
सोमबार बसेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितीको बैठकले दुई जनालाई मेलम्चीको क्षेत्रीय आइसोलेसनमा र चौतारामा रहेका दुई जनालाई चौतारा अस्पतालमा राख्ने निर्णय गरेको थियो।
मेलम्चीमा रहेका दुई जनाले आइसोलेसन बेड पाए पनि चौतारामा रहेका दुई जनाले कोरोना पुष्टि भएको २४ घण्टासम्म आइसोलेसन बेड पाउन सकेका छैनन्। उनीहरु रहेको सिडिसिएफ रहेको घरमा सिल गरेर संक्रमितलाई व्यवस्थापन गर्न नसक्दा प्रहरी पहरा दिएर कार्यालयमै बसेको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोनाका नाममा ९० लाख भन्दामाथि खर्चिएको छ। जिल्लामा ८१७ को क्वारेन्टाइन बेड र ७० आइसोलेसन बेड रहेको तथ्यांक छ। कोरोना संक्रमितसँग सोही कार्यालयको ६ कर्मचारी, सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित हुने जनता पत्र साप्ताहिकका ३ कर्मचारी र सोही घरमा डेरा गरि बस्ने दुई जना अझै त्यही घरमा थुनिएर बसेका छन्।
व्यवस्थापनमा चुक्यो : पत्रकार सुवेदी
कोरोना संक्रमितलाई राख्ने स्थान नहुदाँ स्थानीय सरकारको तयारी कमजोर देखिएको जनता पत्र साप्ताहिकका सम्पादनका टीका सुवेदी बताउँछन्।
सिडिसिएफको कार्यालयमा काम गर्ने दुई संक्रमितलाई कहाँ राख्ने ठेगान २५ घण्टा सम्म भएको छैन। सो घर सिल भएको पनि २४ घण्टा भयो उनले भने, हामी कार्यालय पनि त्यही छ। त्यसैले हामी यही थुनिएर बसेका छौँ।
कोरोना पुष्टि भएको दुईजनाको व्यवस्थापन गर्न सकेको छैन। अब हाम्रो पीसिआर परिक्षण कहिले हुन्छ उनले भने, हामीलाई पिसिआर परिक्षण गरेर रिपोर्ट जान्न मन छ। तर, यहाँ हिजो साँझ स्वास्थ्य कार्यालयका कर्मचारी आएका थिए। त्यसपछि न व्यवस्थापनको कुरा अघि बढेका छ। न हाम्रो परिक्षणको।
व्यवस्थापन गर्न सक्छौँ
तर, दुई कोरोना संक्रमित व्यवस्थापन गर्न नसक्ने अवस्थामा नरहेका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउँछन्। अहिले हामीले उहाँहरु जसरी बसिरहनु भएको छ। त्यही ठिक छ। भनेका छौँ’ उनले भने, ‘अरुको कर्मचारीको रिपोर्ट आउँछ। त्यसपछि उनीहरुको सँगै व्यवस्थापन गर्न सहज होला भनेका कुरेका हौँ।’
आइसोलेसनका केही काम पनि रहेको उनले बताए। आइसोलेसनको केही काम बाँकी छ। हामीले जिल्लामा दुईजनाको व्यवस्थापन गर्न नसक्ने भन्ने हुदै हुदैन उनले थपे।
चितवनको एक तालिममा सहभागि थिए संक्रमित
उनीहरूमा कोरोना देखिएपछि चौतारा साँगाचोकगढी नगरपालिका–५ किसान टोलको घर, संस्थाका कर्मचारी खाजा, खाना खाने स्थानीय बाबु काजी श्रेष्ठ र नारायण श्रेष्ठको होटललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएपछि सिडिसिएफका १ महिला र १ पुरुषलाई मेलम्चीको बाहुनेपाटी स्थित आइसोलेशन र १ महिला र १ पुरुषलाई चौतारा अस्पतालको आइसोलेशनमा राख्ने निर्णय भएको थियो।
तर, चौतारामा रहेका दुई जनाले आइसोलेसन बेड पाउन नसकेका हुन्। कोरोना संक्रमित भएकाहरु चितवनमा एक तालिममा सहभागी भई साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए। अर्को सूचना जारी नभएसम्मका लागि होटल र कार्यालय घर सिल गरिएको छ।
प्रतिक्रिया दिनुहोस