भदौ १, २०७७
चौताराः जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडीतहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाले रु २ लाख सहयोग गर्ने घोषणा गरेको छ।
पीडाको समयमा सबै स्थानीय सरकार एकजुट भइ एकै ठाउँमा रहेको सन्देशका लागि थोरै भएपनि सहयोग प्रदान गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तामाङ बताए।
‘यति ठूलो विपत्तीमा यो रकम थोरै हो, तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौं’ उनले भने।
यसअघि बाढिपहिरोको ठूलो क्षति ब्यहोरेको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाँउपालिकालाई पनि चौताराले रु ५ लाख सहयोग गरेको थियो।
प्रतिक्रिया दिनुहोस