भदौ १, २०७७
चौताराः जुगल गाउँपालिका २ मा शुक्रबार गएको पहिरोमा परि बेपत्ता भएको थप दुईजनाको शव भेटिएको छ। योसँगै मृत्तकको संख्या २२ पुगेको छ।
हालसम्म अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवक काफ्लेले जानकारी दिए। उनीहरुको खोजीकार्य जारी रहेकोे उनले बताए।अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।
शुक्रबार गएको पहिरोमा लिदीको बस्ती नै बगाएको थियो। बस्ती बगाउदा ३७ घर पुरिएका थिए। पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थप तीन जना गरी २२ जनाको शव फेला परेको बताए।
प्रतिक्रिया दिनुहोस