२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भूकम्प र बाढीपहिरोबाट जोखिमयुक्त बस्ती स्थानान्तरणको पहल

  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन ३२, २०७७
    चौताराः भूकम्पको कारणले जोखिममा परेको बस्ती स्थानान्तरणको पहल सुरु भएको छ। भूकम्प गएको ५ बर्षपछि जोखिम बस्ती स्थानान्तरणको पहल भएको हो।

    जुगल गाउँपालिका २ लिदीमा पहिरोले बस्ती नै पुरेपछि बस्ती स्थानान्तरणको पहल सुरु भएको हो। आज बसेको विपद् व्यवस्थापन समितीको बैठकले बस्ती स्थानान्तरणको पहल तत्काल गर्ने आग्रह गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

    जोखिममा रहेको बस्ती स्थानान्तरण गर्नका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्टिय पुननिर्माण प्राधिकरण, बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, प्रदेश विपद् वयवस्थापन बागमती प्रदेशलाई अनुरोध गनर््े निर्णय गरेको समेत बताए।

    सिन्धुपाल्चोक जिल्लामा भूर्गविदहरुको अध्ययनअनुसार २५ ठाउँ स्थान्तरणका लागि छनोट भएको उनले बताए। भूकम्पको कारणले जोखिमयुक्त बस्ती रहेको स्थानमा स्थानान्तरणका लागि तत्काल स्थानीय तहलाई समेत आग्रह गर्ने निर्णय गरेको उनले जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस