२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

लिदी पहिरोः मृत्तक परिवारलाई दुई लाख दिइने

  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन ३२, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदीमा गएकोे पहिरोमा मृत्यु भएका परिवारले दुई लाख रुपैयाँ पाउने भएको छ। सरकारबाट स्वीकृत राहत अनुसार पीडितले दुई लाख पाउने भएका हुन्।

    हामीले तत्काल पीडितलाई तत्काल १५ हजार दिएका छौँ। मृतक परिवाललाई २ लाख र एकभन्दा बढी मृत्यु भएकालाई थप १ एक लाख उपलब्ध गराउछौँ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने।

    पहिरो गएपछि अहिलेसम्म राहात र उद्धारमा जुटेका उनले बताए। ‘मुख्य कुरा दुर्घटनाबाट बच्नु हो। तर, दुर्घटना भइसकेपछि अहिले हामी उद्धार र राहात वितरणमा लागेका छौँ’ उनले भने।

    पहिले पनि उहाँहरु आएपछि हामीले त्रिपाल र टेन्ट दिएका थियौँ। उहाँहरुले पाउनभयो भएन त्यो स्थानीय तहको कुरा हो। तर, अहिले दुर्घटना भइसकेपछि मिलेर सामना गर्नुपर्छ उनले भने।

    त्यसैले गतसाता स्थानान्तरणको माग गर्दै आएपछि मैले पुननिर्माण प्राधिकरणसँग कुरा गरेको थिए। अहिले पनि स्थानान्तरणका लागि उहाँहरुसँगै कुरा गरिरहेको छु उनले भने, पहिलेपनि भूर्गविदहरुको दुइथरी कुरा आएर बस्ती त्यही राखिएको रहेछ। स्थानीय तह र पुननिर्माण प्राधिकरणले नै बस्ती स्थानान्तरणको धेरै जिम्मेवारी पर्छ।

    सिन्धुपाल्चोक जिल्लामा भूर्गविदहरुको अध्ययनअनुसार २५ ठाउँ स्थान्तरणका लागि छनोट भएको उनले बताए। लिदीको हकमा भूसंरक्षणमा पनि केही बजेट आएको बुझिएको छ। तर, त्यहाँ के गर्यो गरेन मलाई जानकारी छैन उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस