२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

लिदी पहिरोः ११ को शव भेटियो, २७ को खोजीकार्य जारी

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन ३१, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा बेपत्ता भएका ११ जनाको शव निकालिएको छ। पहिरोमा पुरिएर ३८ जनामध्ये ११ जनाको शव निकालिएको हो।

    शुक्रबार बिहान लिदीमा झरेको पहिरोमा ३८ जना बेपत्ता भएका थिए। पहिरोले त्यहाँका ३७ घर ध्वस्त भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।

    घाइते भएका ९ जनालाई उपचारका लागि हेलिकोप्टरबाट सदरमुकाम चौतारा र काठमाडौँ लगिएको छ। पहिरोले बस्ती पुरेपछि सभामुख अग्‍निप्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादललगायतका घटनास्थल पुगेका थिए।
    गृहमन्त्री थापाले तत्काललाई २ लाख रुपैयाँ नगद र आवश्यक जिन्सी तथा पालसहितका सामाग्री वितरण गरेको छ।

    निरन्तरको बर्षापछि माथिबाट पहिरो खस्ने जोखिब बढेपछि उद्धार गर्न समस्या परेको पालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन्। अहिले उद्धार कार्य जारी छ। तर, पहिरोको जोखिमको कारणले समस्या परिरहेको छ उनले भनिन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस