साउन ३०, २०७७
चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा आज विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर ध्वस्त भएको छ । ९ जना घाइतेको छन्। घाइते चार जनाकाे चाैतारा अस्पताल र काठमाडौँमा उपचार भइरहेको छ। पहिरोको कारणले ३७ घर ध्वस्त भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन्।
पहिरो गएको क्षेत्र जोखिमपूर्ण रुपमा बाध्य भएर स्थानीयले बसोबास गर्दै आएका थिए। गएको साउन २३ गते सोही ठाउँको स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएका थिए।
बस्ती जोखिममा रहेको भन्दै स्थानीयले स्थानान्तरणका लागि माग गर्दासमेत विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएको स्थानीय आशबहादुर तामाङले बताए।
हामीले पहिल्यै बस्ती जोखिममा रहेको भनेर प्रशासनमा स्थान्तरणको माग गरेका थियौँ। तर, जिम्मेवार निकायको ढिलासुस्तीको कारणले यस्तो विपत्ती खेप्नुपरेका छ उनले भने।
‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने– ‘उनीहरुले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षती हुने थिएन।’
२६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको पेशलाल दोङले बताउछन्। ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौं’, उनले भने, सुरुङ निर्माण गर्दा बस्ती नै जोखिममा परेको थियो। र, आज विपत्ती निम्तीयो।
प्रतिक्रिया दिनुहोस