साउन ३०, २०७७
चौताराः जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज विहान खसेको पहिरोमा परि मृत्यु भएका ४ जनाको शव फेला परेको छ भने अझै ३३ बेपत्ता छन् ।
पहिरोले ३७ घर ध्वस्त भएको र १४ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएको ५ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए घाइतेहरुको उद्दार कार्य जारी छ । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस