साउन ३०, २०७७
चौताराः जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोको उद्धारका लागि उडेका सभामुख सापकोटा चौतारा झरेका छन्।
सभामुख सापकोटा चौतारा झरेर हेलिकप्टरमा ४ जना सेना एक जना इन्जिनियर त्यसतर्फ पठाएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।
लिदी पहिरो उद्वारका लागि काठमाण्डौबाट हेलिकोप्टरमा आएर सभामूख र म चौतारामा झरेका छौँ उनले भने, उद्वारका लागि पहिलो प्राथमिकता भएकाले घाइतेको उद्वार गर्न हेलिकप्टरमा सेना पठाएका हौँ।
पहिरोले लामाटोलमा १३ घर पुरीएको उनले बताए। सो मध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहिन भएका जनाए। सम्पर्कविहिन मध्ये १३ जना एकिन भएको छन्। १५ जना घाइतेहरु लप्सेचौरमा निस्र्कीएका छन्। पहिरोबाट थप ३० घर प्रभावित भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस