साउन २९, २०७७
चौताराः बाह्रविसे नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई स्वाव संकलन गर्न आग्रह गरेको छ।
नगरप्रमुख निमफुञ्जो शेर्पाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, एउटा राजनीतिक दलको नेता मृतक परिवार भएकाले बाह्रविसे नगरबासि र सम्पूर्ण जिल्लावासिको स्वास्थ्यप्रति संम्वेदनशिल भएर स्वाव संकलन गरिदिनुहुन अनुरोध गर्दछौँ।
पूर्वमन्त्री बस्नेतको पिताको मिर्गौलाको समस्याको कारणले ८४ वर्षीय उनलेको उपचारका क्रममा तीन दिनसम्म अस्पतालको शिक्षण अस्पतालको आईसीयुमा राखिएको थियो। धार्मिक परम्पराअनुसार काठमाडौँबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकामा ल्याएर उनको शव व्यवस्थापन गरिएको थियो।
शव व्यवस्थापन गरेको ५ दिनपछि कोरोना पुष्टि भएको थियो। हिन्दु परम्पराअनुसार किरिया बसिरहेको हुनाले बस्नेत परिवारले तत्काल शव नदिने बताएको थियो। नगरपालिकाले जोखिमपूर्ण क्षेत्रमा सील गरेको छ।
प्रतिक्रिया दिनुहोस