२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा कोरोना त्रास! स्थानीय सरकार भन्छः तयारी अवस्था छौँ

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • पूर्वमन्त्री बस्नेत भन्छन्ः मन्त्रालयले अहिलेसम्म जानकारी गराएन, लासमा राजनीति भो!

    साउन २८, २०७७
    चौताराः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिताको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि सिन्धुपाल्चोक जिल्लामा त्रास फैलिएको छ। शव व्यवस्थापन गरेको ५ दिनपछि मात्रै अस्पतालले कोरोना पुष्टि भएको रिपोर्ट आएपछि त्रास फैलिएको हो।

    यही साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो। तर, उनको अन्तिम संस्कार भइसकेपछि मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस बिफिङमा जानकारी गराएका थिए।

    मिर्गौला रोगी रहेका ८४ वर्षीय उनलेको उपचारका क्रममा तीन दिनसम्म अस्पतालको शिक्षण अस्पतालको आईसीयुमा राखिएको थियो। धार्मिक परम्पराअनुसार काठमाडौँबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकामा ल्याएर उनको शव व्यवस्थापन गरिएको थियो।

    तर, कोरोनाबाट मृत्यु भएका एक सातापछि मात्रै रिपोर्ट आउदा सम्म स्वास्थ्य मन्त्रालयले अहिलेसम्म जानकारी नगराएको पूर्वमन्त्री बस्नेतको भनाई छ। ‘मृत्युभएपछि झन्डै एक सातापछि रिपोर्ट आएको कुरा मिडिया र सुभचिन्तबाट जानकारी पाए। तर, अहिलेसम्म स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छैन’ उनले भने।

    ‘अस्पतालले दुवै मिर्गौला फेल भएर मृत्यु भएको जानकारी दिएको थियो। पहिलोपटक गरेको पीसीआर रिपोर्टमा पनि नेगेटिभ नै आएको जानकारी गराएको थियो’ उनले भने, ‘हामीले शव काठमाडौँबाट यहाँसम्म ल्याएर व्यवस्थापन गरेका हौँ। पुरानो घरसम्म ल्याउदा धेरै मान्छे हुने भएकाले सुनकोशी नदिमा व्यवस्थापन गर्यौ। तर, त्यहाँ पनि सयौँ मान्छेको उपस्थिती रहेको थियो। हामीले कसलाई नआइज भन्ने कुरा पनि रहेन।’

    पूर्वमन्त्री बस्नेतले हिन्दु परम्पराअनुसार किरिया बसेको कारणले आफ्नो स्वाव संकलन गर्नका लागि पारिवारिक छलफलपछि मात्रै निर्णय दिने बताएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाइले जानकारी दिए।
    ‘हामीले उहाँकोमा स्वाव संकलनमा गएका थियौँ। तर, पारिवारीक सल्लाह गर्ने बताउनुभयो’ उनले भने, ‘हामीले अहिले उहाँको परिवार बाहेक सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरेका छौँ।’

    पहिलो चरणमा पारिवार र सम्पर्कमा रहेका व्यक्तिको रिपोेर्ट आएपछि मात्रै शव व्यवस्थापन र भेट्न पुगेकामाथिको आशंक स्पष्ट हुने उनले बताए। ‘उहाँको सम्पर्कमा आएकोको स्वाव लिएका छौँ। उहाँको परिवारको भोलिसम्म निर्णय होला। त्यही रिपोर्टका आधारमा हामीले थप निर्णय गछौँ’ उनले भने।

    पूर्वमन्त्री बस्नेतको पिताको कोरोना पुष्टि भएपछि भयावहको अवस्था सिर्जना हुनसक्ने भएकाले आइसोलेसर न क्वारेन्टाइन तयारी अवस्थामा राखेको बाह्रविसे नगरपालिका प्रमुख निफुन्जो शेर्पाले बताए।

    ‘हामीले अहिले जोखिमपूर्ण अवस्थामा रहेका ४ वडालाई सील गरेका छौँ’ उनले भने, ‘वडा नम्बर २ पूर्वको कर्थली बुँदेपा, नगरपालिका पूर्वको वडा नम्बर ४, उतरतर्फ वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्ला भित्र सिल गरिएको छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस