साउन २७, २०७७
चौताराः नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले सदस्यता नविकरणमा छुट गरेको छ। प्रत्येक बर्षमा एक हजार रुपैयाँमा सदस्यता नविकरण गर्दै आएकोमा यस बर्ष ७ सय ५० मा नविकरण गर्ने निर्णय गरेको हो।
कोरोनाको कारणले सञ्चारकर्मी समेत प्रभावित भएको कारणले जिल्ला शाखाले सदस्यता नविकरण शुल्कमा छुट दिने निर्णय गरेको महासंघ अध्यक्ष महेशकुमार श्रेष्ठले बताए। ‘हामीले यसअघि एक हजार रुपैयाँ लिने गरेका थियौँ। तर, कोरोनाको प्रभावको कारणले यसबर्ष २ सय ५० छुट दिने निर्णय गरेका हौँ’ उनले भने।
एक हजार मध्ये पाँच सय कल्याणकारी कोषमा जान्छ । २ सय ५० रुपैयाँ जिल्लामा रहन्छ । एक सय २५ प्रदेश र बाँकी एक सय २५ केन्द्रमा जाने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस