२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

शिक्षकमा कोरोना देखिएपछि बराम्ची ‘सिल’

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २५, २०७७
    चौताराः जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना पोजेटिभ देखिएपछि ५ नम्बर वडा सिल गरिएको छ सल्यानबाट १७ गते जुगल आएका सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि थियो।

    बराम्ची आएपछि पनि उनीहरु होम क्वारेन्टीनमा नबसी गाँउ डुलेको र विभिन्न सामाजिक कार्य तथा जात्रामात्रामा समेत समेत सहभागी भएको खुलेको गाँउपालिका उपाध्यक्ष सृजना तामाङले बताइन् । अनावश्यक हल्लाको पछाडी नगाली संयमीत हुन गाँउबासीलाई आग्रह गर्दै तामाङले छिटै स्वास्थ्य टोली परिचालन गरी अवस्था समान्यीकरण गरीने बताइन् ।

    गाउँपालिका कार्यालय सहित ५ नम्बर वडा कार्यालय समेत बन्द गरिएको हो । जुगल गाउँपालिकाको कार्यालय नै साउन २५ गतेबाट बन्द गरेको छ ।

    ५ नम्बर वडामा नै गाउँपालिका कार्यलय रहेकाले गाउँपालिका कार्यलय पनि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । भदौ १ गते बाट भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् ।

    उनीहरु सिन्धुपाल्चोक आएको ६ र ७ दिनपछि दुवै जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको थियो। सिन्धुपाल्चोकसम्म आउँदा उनीहरुले ४ वटा बस प्रयोग गरेको खुलेको छ । अहिले गाउँले सबैलाई घरबाट ननिस्कन भनिएको छ । वडाका ढाडे, बराम्ची, चनौटे, साप्ले, घ्यादुङ क्षेत्रलाई जोखिम क्षेत्र कायम गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस