चारवटा बस प्रयोगपछि आइपुगेका थिए
साउन २५, २०७७
चौताराः जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना पोजेटिभ देखिएपछि जुगल गाउँपालिकाको कार्यालय नै साउन २५ गतेबाट बन्द गरेको छ ।
सल्यान बाट १७ गते जुगल आएका जुगल ५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालय सहित ५ नम्बर वडा कार्यालय समेत बन्द गरिएको हो ।
५ नम्बर वडामा नै गाउँपालिका कार्यलय रहेकाले गाउँपालिका कार्यलय पनि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । भदौ १ गते बाट भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् ।
उनीहरु सिन्धुपाल्चोक आएको ६ र ७ दिनपछि दुवै जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको थियो। सिन्धुपाल्चोकसम्म आउँदा उनीहरुले ४ वटा बस प्रयोग गरेको खुलेको छ । अहिले गाउँले सबैलाई घरबाट ननिस्कन भनिएको छ । वडाका ढाडे, बराम्ची, चनौटे, साप्ले, घ्यादुङ क्षेत्रलाई जोखिम क्षेत्र कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस