साउन २४, २०७७
चौताराः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने नेकपा केन्द्रीय सदस्य बताएका छन्। सिन्धुपाल्चोक चौतारामा भएको पार्र्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘पार्टीभित्रको विवादको बिषयमा छलफल बहस भइरहेको छ। तर, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो’ उनले भने।
‘कम्युनिष्ट पार्टीको एकता भंग गराउन अन्य षड्यन्त्र भइरहेको छ। त्यो सफल हुँदैन’ उनले भने, ‘पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन्।’
प्रतिक्रिया दिनुहोस