२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

चौताराको प्रगति सार्वजनिक

  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन २३, २०७७
    चौताराः चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रगति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमसँगै गएको वर्षको प्रगति सार्वजनिक गरेको हो।

    गत वर्ष नगरपालिकाले संघीयतर्फको बजेटमा कुलमध्ये ६४ दशमलव ७७ प्रतिशत रकम खर्च गरेको प्रमुखख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले बताए।

    कुल ११ करोड ८५ लाखमध्ये सात करोड ६७ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै प्र्रदेशतर्फको २६ करोड ६२ लाख चार हजार बजेटमध्ये १७ करोड ९१ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो । प्रदेशको बजेटमध्ये खर्च भएकोमा ६८ दशमलव ७४ प्रतिशत गरेको छ। आन्तरिक स्रोत आम्दानीबाट ९५ दशमलव २१ प्रतिशत रकम खर्च भएको छ।

    आन्तरिक स्रोतको चौध करोड चार लाख बीस हजार मध्ये तेह्र करोड ३७ लाख रुपैयाँ खर्च भएको हो । नगरपालिकाले पुजीगततर्फ ६८ दशमलव ७१ र चालुतर्फ ८५ दशमलव ६१ प्रतिशत रकम खर्चेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस