साउन २३, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लाभर बाढी र पहिरोको जोखिम बढेको छ। अविरल वर्षाले सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा पहिरोको जोखिम बढेको हो।
निरन्तरको बर्षाले मेलम्ची नगरपालिका १० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्य प्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी हिजो रातीको अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।
स्थानीयहरू सोही ठाउँमै जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले जानकारी दिए। बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह समेत गरेका छन्।
नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पाल जस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस