साउन २१, २०७७
चौताराः मेलम्ची नगरपालिका ११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएकाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत विरगञ्ज पुर्याइएको छ। आफन्तको सल्लाहअरुसार नै शव पठाइएको हो।
मृत्तकको आफन्तसँगको छलफलपछि शव नेपाली सेनाको हेलिकप्टरमार्फत् पठाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिए।
आइतबार निरन्तरको बर्षापछि माथिबाट आएको पहिराले थिचेरको मृत्यु भएको थियो। प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको थियो।
पुरीएका मध्ये एक जना भारतीय र अन्य विरगञ्जका रहेको उनले थिए। पहिरोमा परेर ज्यान गुमाउनेमा विरगञ्जका बर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चौरासिया,२५ बर्षिय विक्रम थिंग,२३ बर्षिय मान बहादुर रुम्बा,२० बर्षिय सिमन घ्लान, २१ बर्षिय शिव बालक धामि, १७ बर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजन्द्र चौधरी रहेक छन्।
पहिरोबाट जिवितै उद्दार गरिएको भारतिय नागरिक बारु शहको उद्धार गरिएको थियो। उनको काठमाडौँको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस