साउन २१, २०७७
मेलम्चीः पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ तिपिनी बजार नजिक पहिरो गएको छ। भीषण पहिरोले बस्ती नैं उच्च जोखिममा परी बिस्तापित हुने अवस्था आएको हो।
पहिरोको कारणले १९ घरधुरि स्थान्तण गरीएको पालिका अध्यक्ष टासी लामाले जानकारी दिए। गाउँपालिका अन्य वडाहरुमा क्षतिग्रस्त घरधुरी पहिचान गरी स्थान्तरण गर्ने कार्य गाउँपालिकाले अघी बढाई रहेको बताए।
मंगलबार पालिका अध्यक्षले क्षतिग्रस्त विभिन्न स्थलहरूको अवलोकन गरेका छन्।
बन्द अवस्थामा रहेको पाँचपोखरी पर्यटन मार्ग (मेलम्ची भोताङ सडक) खुलाउन हाईड्रो पावरको ड्याम हुँदै बजारको पछाडिको भागबाट वैकल्पिक बाटो खोली निरन्तर यातायात संचालन गराउने कार्य अघि बढाएको बताए।
फोटोहरु
फोटोः सामाजिक सञ्जालबाट
प्रतिक्रिया दिनुहोस