२०८१ चैत्र ३१, आईतबार | Sun, 13, Apr, 2025

आदिवासी महिलाहरुलाई राहत वितरण, पालिकाबाट १० लाख बजेट

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • साउन २१, २०७७
    चौताराः अपाङ्गता भएका आदिवासी महिलाहरुलाई राहत वितरण गरेको छ। राष्ट्रिय आदिवासी जनजाती अपाङग महिला सघं नेपालको सहयोग र आदिवासी जनजाती महिला उत्थान केन्द्रको सहकार्यमा राहत वितरण गरेको हो।

    चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका ५० जना महिलालाई राहत वितरण गरिएको हो। राहतमा चामल १ बोरा, रातो दाल २ केजी र स्वास्थ्य सम्बन्धि किट व्याग गरि जम्मा १ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको हो।

    अपाङ्ग भएकाहरुलाई नगरपालिकाको तर्फबाट अपाङ्गता तर्फको नेतृत्व र कार्यक्रमलाई बजेटमा १० लाख छुटाएको नगरप्रमुख अमानसीं तामाङ बताए। अपाङ्गता भएका व्यक्तिले झैँ काम गर्न सक्ने भएकाले हकहितको लागी सबै एकजुट हुनुपर्नेमा जोड दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस