२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

मंगलबार थपिए २ सय ५९ कोरोना संक्रमित

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन २०, २०७७

    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ९ जना संक्रमित पुगेको हो।

    गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए।

    यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ। विभिन्न स्थानमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा ४८ जनामा संक्रमण देखिएको छ। भक्तपुरका १३ जना र ललिपुरका पनि एक जनामा संक्रमण देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस