साउन २०, २०७७
बेइजिङ : चीनले हङकङलाई कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न विशेषज्ञ टोली त्यसतर्फ पठाएको छ । आइतबार ७ जना भाइरस परीक्षण विशेषज्ञको टोली त्यहाँ पुगेको हो ।
पछिल्लो समय हङकङमा भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि पहिलोपटक विशेषज्ञ टोली त्यहाँ पठाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । विशेषज्ञ टोलीका लागि २० वटा सामुदायिक अस्पतालबाट छानिएको थियो ।
उक्त विशेषज्ञ टोलीले हङकङमा ल्याब परीक्षणमा विशेष सहयोग गर्ने बताइएको छ ।
गत डिसेम्बरबाट फैलिएको कोरोनाबाट हालसम्म हङकङमा ३ हजार ५१२ संक्रमित भइसकेका छन् । जसमध्ये ३४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९५९ जना निको भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस