२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पूर्वमन्त्री बस्नेतले मेलम्ची पहिरोपीडितलाई सहयोग गर्ने

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन २०, २०७७
    चौताराः पूर्वसुचना तथा सञ्चार मन्त्री एवम् नेपाली काग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेलम्ची घटना पीडितलाई सहयोग गर्ने बताएका छन्। मेलम्ची घटना भएको थाहा पाउनासाथ इन्द्रेणि कार्यक्रमका संयोजक कृष्ण कडेंल सहितको टोली लिएर बस्नेत मेलम्ची पुगेका थिए।

    सोमबार राति आएको पहिरोले परिएर विरगञ्ज घर भइ मेलम्चीमा मजदरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जिवितै उद्धार गरि उपचारको लागि काठमाडौं उपचार भइरहेको छ।

    पूर्वमन्त्री बस्नेतले घटना प्रति दुख ब्यक्त गर्दै पिडित परिवारलाइ धैर्य भएर बस्न आग्रह गरे। त्यस्तै चर्चित टेलिभिजन कार्यक्रम इन्दे्रणिका संयोजक कृष्ण कडेंलले घटनामा मृत्यु भएका हरुका प्रति परिवार १५ हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन्।

    नेता बस्नेतले यस अघिपनि जिल्लामा घटेका हरेक घटनाहरुमा स्वयम उपस्थित हुँदै सहयोग गर्दै आएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस