२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

मेलम्ची घटनाप्रति सांसद तामाङद्वारा दुःख व्यक्त

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १९, २०७७
    चौताराः नेकपा केन्द्रीय सदुस्य तथा सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले मेलम्ची क्षेत्रमा भएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका छन्। आफ्नो निर्बाचन क्षेत्रको मेलम्ची र बरुवामा गएको पहिरोबाट मृत्यु भएका ब्यक्तिहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका हुन्।

    मेलम्ची नगरपालिका ८ र पाँचपोखरी गाउँपालिमा २ मा गएराति गएको पहिरोमा परि १० जनाको मृत्यु भएको थियो। भने एक जना घाइते भएका छन्। घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो निर्बाचन क्षेत्रको लेखर्क, लांगर्चे ,तिपेनी लगायतका स्थानहरुमा गएको पहिरो लगायत ,जिल्ला र देशका विभिन्न भागहरुमा परेको अबिरल बर्षाका कारण आएको बाढी,पहिरोबाट भएको जनधनको क्षतीप्रती दुःख समेत ब्यक्त गरेका छन् ।

    साथै बर्षातको समयमा सम्भाबित जोखिमयुक्त क्षेत्रमा बसोबास नगर्न नागरिकहरुमा अपिल समेत गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस