साउन १८, २०७७
चौताराः इलाका प्रहरी कार्यालय मेलम्चीले मास्क नलगाई हिड्नेलाइ कारवाही गरेको छ । संक्रमण रोग ऐन, २०२० अन्तर्गत प्रहरीले मास्क नलगाई हिडने व्यक्ति तथा सवारी साधनहरुमाथि धमाधम कारवाही थालेको हो ।
मास्क लगाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गर्दा समेत जनस्तरबाट अवज्ञा गर्ने क्रम बढेपछि प्रहरीले सडकमा मास्क नलगाई हिडनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने काम अगाडि बढाएको हो ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले पूर्व जानकारी दिदा समेत अटेर गरेपछि बाध्य भएर सडकमै उत्रिएर कारबार्हि गर्न परेको बताए। मास्क नलगाइ हिड्नेहरुलाइ एक सय रुपियाँ जरिवाना लिने र मास्क लगाउन आग्रह गर्ने गरेको बताए।
सरकारले अनिवार्य रुपमा मास्कको प्रयोग नगर्नेमाथि कारवाही गर्न यस अघि नै निर्देशन दिएको थियो । यस्तै मेलम्चीमा शनिबार मास्क नलगाई हिड्ने ३५ जना कारवाहीमा परेको र एक सय जनालाई सम्झाई बुझाई गरेको प्रहरीले जनायो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ५०० थान मास्क समेत वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस