२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

डब्ल्युएचओले भन्योः कोरोना अझै महामारीकै अवस्थामा छ

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन १८, २०७७

    चौताराः विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले वैश्विक महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको बताएको छ।

    शुक्रबार बसेको डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ। संगठनले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई वैश्विक महामारी घोषित गरेको थियो।

    ‘धेरै देशहरुमा कोरोना महामारीको खराब अवस्था आएर पनि गइसकेको लाग्दैछ, तर संक्रमणको दोस्रो लहर देखिएको छ, जहाँ अघिल्लो हप्ता संक्रमणका मामिला घटेको थियो, त्यहाँ यतिखेर निकै तीव्र गतिमा संक्रमण फैलिएको छ’ डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले भनेका छन्‌। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस