२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोना संक्रमित संख्या २० हजार नाघ्यो

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १७, २०७७
    चौताराः नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार नाघेको हो।

    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको बताए।

    यस्तै, शनिबार ९३ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन्। गौतमका अनुसार प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन्।

    यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्। प्रदेशअनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन्।

    यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन्। देशभरिका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन्। प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन्।

    यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस