२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

भुलेर पनि रातमा खानुहुँदैन दही, हुनसक्छन् यस्ता स्वास्थ्य समस्या

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १७, २०७७
    चौताराः सामान्यताः मानिसहरु गर्मीको समयमा धेरै दही खाने गर्छन् । दही खान मन पराउने मानिसहरु रातमा पनि दही खाने गर्छन् । तर, कमैलाई मात्र थाहा छ, रातको समयमा दही खानु स्वास्थ्यलाई हानिकारक हुनसक्छ । दहीले शरीरमा विपरित गतिविधिहरु गराउँछ । जसले शरीरमा गलत प्रभाव पार्दछ ।

    रातमा दही खानुका नोक्सानहरुः

    बान्ता 
    रातिमा दही खाँनु पाचन प्रक्रियाविरुद्ध हुनसक्छ । जसले गर्दा रातिमा बान्ता पनि हुनसक्छ ।

    शरिरमा म्युकस बन्न सक्छ 

    रातिको समयमा दही खाँदा शरीरमा म्युकसको माधामा वृद्धि हुन्छ । जसले गर्दा खोकी र चिसो लाग्दा ज्वरो समेत आउँन सक्छ ।

    डन्डिफोर
    यदि दही दुई हप्ताभरी नियमित रुपमा खाँदा अनुहारमा डन्डिफोर आउँन  सक्छ । त्यसैले रातमा दही खाँदा विचार गर्नुपर्छ ।

    तौल बढ्न सक्छ 
    रातमा दही खाँदा तौल बढ्न सक्छ । साथै, दही खाँदा कब्जियत पनि हुनसक्छ ।

    जोर्नी दुख्ने समस्या
    जो व्यक्तिमा जोर्नी दुख्ने समस्या हुनसक्छ । त्यसैले रातिमा दही खानुहुँदैन । रातिमा दही धेरै खाँदा जोर्नीको समस्या हुनसक्छ । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस