२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

सभामुखले भनेः जनयुद्धका घाइते तामाङको उपचारमा पहल गर्छु

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १७, २०७७
    चौताराः सभामुख अग्निप्रसाद सापकोटाले सुनकोशी गाउँपालिका ५ पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैन बहादुर तामाङ ’जमिन’लाई उपचारका लागि पहल गर्ने बताएका छन्।

    सभामुख सापकोटाले तामाङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए। जनयुद्धका घाइते तामाङ लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका छन्।

    सभामुख सापकोटाले पूर्व जनुमुुक्ति सेना तामाङको उपचारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गर्ने समेत बताएका छन्। तामाङको उपचारको लागि अहिले विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन भरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस